नेपालका कम्युनिस्ट बारे केही कुरा !

नारायण खनाल

हामीले कम्युनिष्ट आन्दोलनलाई नजिकबाट देखेका छौं । विश्व कम्युनिस्ट आन्दोलन मात्रै होइन नेपाल मै पनि २००६ सालपछि अहिलेसम्म कम्युनिस्ट पार्टी कसरी अगाडि बढ्यो, पार्टी भित्र के कस्ता शक्ति संघर्ष भए ? कम्युनिस्ट नेताका विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे नजिकबाट देखियो,भोगियो र बेलाबेला त्यसका असल पक्ष र खराब पक्षबारे बिमर्श पनि गरियो।

एउटा असल कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका श्रृंखलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? कम्युनिस्ट नेताको आचरण,कार्यकर्ता र जनताप्रति कस्तो व्यबहार गर्दछ ? कति सत्य र कति झुठो बोल्छ ? यी बिषयमा यहाँ चर्चा  गर्नै पर्दैन अहिले कम्युनिस्ट हुँ भनेर आफुलाई मार्क्स र माओसँग तुलना गर्ने पात्र र तिनका प्रवृत्तिले सबै छर्लङ्ग छ।

अलिकति अहिलेको अवस्थालाई हेरेर नेपालका कम्युनिस्टहरुका बारेमा छलफल गरौं । बहस नै गर्ने अवस्थामा त अहिलेका कम्युनिस्टको चरीत्र नै देखिन्न ! त्यै पनि केहि कुरा गरौं र केही मनन गरौं ।

१) नेपालका कम्युनिस्टहरु मुख्यतया शीतयुद्धकाे समयमा
निर्माण भएको विश्व साम्यवादी अर्थात राज्य केन्द्रित समाजवादी धारको नेपाली प्रतिनिधि पार्टी हाे । याे पार्टी विश्व राजनीतिको सर्बहारा अधिनायकवादी धाराबाट आएको हाे । तर ,आज उसले त्यो धार न छाड्न सकेको छ,न पुरै समात्न सकेको छ । यिनको हाल यतिबेला न त हाँसकाे जस्तो न त बकुल्लाकाे जस्तो भएको छ ।
२) नेपालमा अहिले जेजति कम्युनिस्ट पार्टीहरु छन तिनीहरुले एक अर्को भन्दा प्रत्येकले आफुलाई अरु भन्दा फरक दाबी गर्दै आएको भए पनि तिनिहरुकाे चरित्र,बिशेषता र गुणमा फरक छैन, उनीहरुको गुण मात्रै होइन खराबी र चिन्तन पनि एउटै रहेको कुरामा कुनै भ्रम रहन आवश्यक छैन ।

३) देशमा सन १९९० काे दशक देखि नेपाल प्रजा परिषद्को
नेतृत्वमा सुरु भएको लाेकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने र त्यसलाई संविधानसभाबाट नयाँ संबिधान बनाउने प्रश्नमा कम्युनिस्ट पार्टीहरुले केही हद सम्म याेगदान गरेका भए पनि उनि हरुकाे जीवन,व्यबहार र आचरण नेपाली काङ्गेसकाे भन्दा बिल्कुलै भिन्न छैन । अझ कतिपय सवालमा कम्युनिस्ट चरीत्र भन्दा कांग्रेस चरीत्र ठिक लाग्न सक्छ।
४) नेपालका कम्युनिस्ट पार्टीहरुले कम्युनिस्ट सिद्धान्त पुरै छाेडन
नसक्नुका पछाडि कुनै आदर्श,सिद्धान्त वा बिचार प्रतिकाे निष्ठा र माेह भएर हाेइन। कम्युनिस्टका नाममा भएको थोरै जनमत अर्थात भाेट कम्युनिस्ट पार्टीको नामबाट आउने भएकोले मात्रै नछाेडेका हुन । वास्तवमा यी कम्युनिस्ट चाहिँ होइनन् ।
५) कुनै बेला विश्वका ४६ भन्दा बढी देशमा कम्युनिस्ट शासन रहेको भए पनि क्रमशः ति सम्पूर्ण शत्ताहरु तासको घर जस्तै गर्ल्याम गुर्लुम्म ढल्दै गयो। अहिले उत्तर काेरिया, क्युबा,भियतनाम,लाओस र चीनमा मात्रै कम्युनिस्ट नामको सत्ता छ। ती पनि चरम पूजीवादी दिशामा अगाडि बढिरहेका छन् । नेपालका कम्युनिस्ट पार्टीहरुकाे दशकौं लामो सत्ता अभ्यासले पथभ्रष्ट भइसकेको र उनिहरुकाे याेग्यता ,क्षमता र बिषयगत ज्ञान कति हाे भन्ने कुरा जनताको बीचमा छर्लङ्ग भइसकेकाले उनि हरुकाे ओचित्यता,आवस्यकता र प्रसङ्ग समाप्त भइसकेको छ ।
६) निकट भबिश्यमै नेपालका कम्युनिस्ट हरुकाे हबिगत
पूर्वी युरोप,सोभियत युनियन,पश्चिम बंगाल बन्ने संभावना
बढेर गएको छ। पछिल्लो समय श्रीलंकामा कम्युनिस्ट पार्टी शत्तारुढ हुन पुगेको भए पनि उनिहरुकाे दर्शन,सिद्धान्त ,बिचार ,राजनीति र साेचका कारणले गर्दा विश्वव्यापी फेल भइसकेको अवस्थामा अब धेरै लामो समय सम्म आफ्नो अस्तित्व कायम राखिरहने कुनै पनि गुन्जाइस छैन ।
७) दक्षिण काेरिया,भारतको महाराष्ट र नयाँ दिल्ली अनि केरला
किन र कसरी धनी हुन पुगे ? उत्तर काेरिया र भारतको
कलकत्ता जस्ता राज्यहरु किन अहिलेसम्म पनि गरिबीको रेखामुनि रहेका छन ? कम्युनिस्ट पार्टीमा लागेर लामो समयदेखि दु:ख पाइरहेका प्रिय साथीहरूले एक पटक चिसो दिमाग
ले गंभिरतापुर्बक साेच्ने हाे कि ?

लेखक :नेसपा(नयाँ शक्ति) पार्टीका केन्द्रीय सदस्य हुन् 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय