टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा नेपालले एनटी स्ट्राइकसँग खेल्दै
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा भइरहेको टप एण्ड टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज स्थानीय टिम नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
यो खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा दिउँसो नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ। नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्ने छन् भने एनटी स्ट्राइकका कप्तान जेक वेदराल्ड हुन्।
एनटी स्ट्राइकले सन् २०२३ मा पहिलो संस्करणको उपाधि जितेको थियो र गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो। टिममा बिग ब्यासमा अनुभव प्राप्त खेलाडीहरू रहेका छन्।
विशेष रूपमा डार्सी शर्ट, जेक वेदराल्ड, जोर्डन सिल्क र केन रिचार्डसन मुख्य आकर्षण छन् । शर्ट र रिचार्डसनले अस्ट्रेलियाको सिनियर टिमबाट पनि टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्।