सफल कृषि व्यवसायी बोगटी कांग्रेस प्रवेश


काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका सफल कृषि व्यवसायी कृष्णबहादुर बोगटी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा सदस्य,अर्थसमिती सभापति समेत रहेका नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-३ का सभापति सन्तोष चालिसे,गोकर्णेश्वर नगरपालिकाका मेयर एवं कांग्रेस क्षेत्रीय सचीव दिपककुमार रिसाल लगायत नेताहरूले बोगटीलाई पार्टीमा स्वागत गरेका थिए।

बोगटी स्वतन्त्र, सफल र सक्षम किसान एवं कृषि व्यवसस्यी हुन् । उनले गोकर्णेश्वर नगरपालिकालाई च्याउ खेतीमा आत्मनिर्भर बनाई च्याउको बीउ उत्पादन गरि देशको ४० जिल्लामा बीउ वितरण गर्न सफल भएका छन् । यसैगरी ४७ वटा ल्याब टेस्टमा १ नम्बरमा पर्न सफल,नगर भित्र ४० बढी च्याउ खेती समुहको नेतृत्व समेत गरिरहेका छन् ।

अघिल्लो साता पनि नेकपा एमाले र माओवादी केन्द्र त्यागेर युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका थिए । सांसद चालिसे र मेयर दिपक रिसालले जनप्रतिनिधिको रुपमा उत्कृष्ट काम गर्नुको साथै पार्टी काममा पनि सक्रिय छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय