माओवादी बैठक आज सकिने, प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

चार दिनदेखि जारी बैठकमा उठेका बिषयमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेपछि बैठक सकिने माओवादीले जनाएको छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार अधिकांश सदस्यले आफ्नो धारणा राखिसकेका छन्। आज वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव देव गुरुङले आफ्नो विचार राख्ने  र प्रचण्डले सबै बिषयमा जवाफ दिने छन् ।’बैठक आजै सकिन्छ। बैठकमा अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनुका साथै पार्टीको रणनीति र कार्यक्रमबारे सम्बोधन गर्नुहुनेछ’-उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले भने।

बैठकमा अधिकांश वक्ताले गत शुक्रबार प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको समर्थन गरेका छन्। आजको बैठकले पार्टी अभियान, संगठन सुदृढीकरणलगायत महत्त्वपूर्ण विषयमा निर्णय गर्ने अपेक्षा छ।

बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले आत्मआलोचित हुन तयार रहेको तर,अध्यक्षले पनि केही बिषयमा गम्भीर हुनुपर्ने बताएका थिए। यद्यपि जनार्दनको पक्षमा कुनैपनी स्थायी समिति सदस्यले समर्थन गरेका छैनन् । माओवादी स्थायी समितिमा ४६ जना छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...