रवीन्द्र ढाट बने एमएफएनको च्याम्पियन

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतीय प्रतिस्पर्धी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्।
यस ऐतिहासिक जितमार्फत उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
‘दि इन्डियन राइनो’ नामले चिनिने कोरेनले प्रारम्भदेखि नै आक्रामक दबाब दिने कोसिस गरेपनि रवीन्द्रले तेस्रो राउण्डमा निर्णायक प्रहार गरेपछि टीकेओ (टेक्निकल नकट) मार्फत उनलाई विजेता घोषित गरियो।
यस जितसँगै रवीन्द्रको प्रो रेकर्ड ८–१ मा पुगेको छ । रवीन्द्रको जितपछि त्यहाँ उपस्थित दर्शकमाझ उल्लास चुलिएको थियो ।

