पशुपति प्रवेशद्वार कि सवारी ग्यारेज ?
परमेश्वर पौडेलकाठमाडौंको गौशाला चोकबाट पशुपति मन्दिर दर्शनका लागि जाँदै हुनुहुन्छ भने तपाईंले प्रवेश पाउन गार्हो छ । कुनै भिडभाड भएर वा प्रवेश निशेधको बोर्ड राखेर पनि होईन,प्रहरी कार्यालय गौशालाले थन्क्याउने गाडीका कारण तपाईंको प्रवेशमा अवरोध हुने गरेको हो।
यो समस्या अहिले तत्कालको मात्रै पनि होइन । हामीले झन्डै तीन महिना निगरानी गर्दा यहाँको अवस्था सधैं उस्तै देख्यौं । पशुपति परिसरमा प्रवेश गर्ने थुप्रै गेट मध्ये यो पनि मुख्य गेट हो। यहाँबाट पशुपति दर्शनका लागि आउने दर्शनार्थी बाहेक पनि गौशाला-गौरीघाट हुँदै पैदल यात्रा गर्ने सयौं मानिसको आवतजावत हुन्छ। तर, यो गेट खुल्दैन। खुलेपनि हिंड्न मिल्ने छैन। कारण यहाँ थुप्रै सवारीसाधन थन्क्याएको छ। नियम उल्लंघन गरेका सवारी साधन कारबाही स्वरुप दैनिक यहाँ राखिन्छ ।
यसबाट पशुपति विकासलाई त मत्लब पनि नहोला वा थाहा नपाएको जस्तो गर्दा पनि भयो। तर, सवारीसाधन जथाभावी पार्किङ गर्न नपाइने भनेर नियम बनाउने काठमाडौं महानगरपालिका चाहिँ के हेरेर बसेको होला ? त्यस्तै अरुलाई सडकमा पार्किङ गर्यो भनेर चिट काट्ने प्रहरी आफैंले चाहिँ सर्वसाधारणको बाटो छेकेर यसरी गाडी थन्क्याउने ग्यारेज वा पार्किङ बनाउन मिल्ने हो र ?
हेरौं तस्बिरमा :









तस्वीरहरू : परमेश्वर पौडेल, परेवान्युज

