ढिलाे नतिजा प्रकाशनकाे भाष्यलाई चिर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट एउटा राम्राे समाचार प्राप्त भएकाे छ । त्रिविले समयमा शैक्षिक क्यालेण्डर लागू गर्न नसकेकाे र साे कारणले गर्दा त्यसका विभिन्न निकायहरूले लिएका परीक्षाका नतिजा समयमै प्रकाशन नगरेर महिनाैं गरि एकदेखि कुनै बेला डेढ वर्षसम्म पनि शिक्षार्थीलाई कुराएर देश-विदेशका विभिन्न अवसरहरूबाट वञ्चित गराईदिने गरेकाे आराेप लाग्ने गरेकाे थियाे ।

यस्ताे आराेपका बीच त्रिविकाे शिक्षाशास्त्र सङकायअन्तर्गत पर्ने तथा सहप्राध्यापक डाक्टर रविन्द्र शिवाकाेटी निमित्त निर्देशक रह्नुभएका ग्राजुएट स्कूल अफ एजुकेशनले भने सुखद समाचार दिन सफल भएकाे छ ।

जीएसईले त्रिविकाे शिक्षाशास्त्र सङकाय अन्तर्गत एम. फिल. तथा पीएचडी गराउने निकाय हाे । यसकाे सिधा सम्पर्क उक्त संकायकाे डीन कार्यालयसँग सम्बन्धित हुन्छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुकाे मुख्य कार्य स्नातकसम्मकाे परीक्षाकाे नतिजा प्रकाशनसँग सम्बन्धित हुनाले यस जीएसईले दिएकाे शीघ्र परीक्षाका नतिजाकाे मुख्य श्रेय निमित्त निर्देशक शिवाकाेटी, साे सङकायका डीन प्राडा वेदराज आचार्य, परीक्षा हेर्ने सहायक डीन (सहप्राडा बुद्ध खनिया वा अन्य) तथा समग्रमा रजिष्ट्रार प्राडा केदार रिजाललाई जान्छ ।

पनिका, बल्खुकाे नियन्त्रक भने पुष्पराज जाेशी हुन्, जसकाे कार्यकाल सिद्धिन लागेकाे बुझिन्छ । जाेशी दाेस्राे कार्यकाल झण्डै आठ वर्ष बल्खु, पनिकाकाे प्रमुख नियन्त्रक रहँदा विवादमुक्त रह्न सकेनन् ।

समाचार अनुसार, जीएसईले एम. फिल. २१औं ब्याच दाेस्राे सेमेष्टरकाे नतिजा सयजनाभन्दा बढी विद्यार्थी सम्मिलित जाँचकाे नतिजा मात्र नवाैं दिनमा निकाल्न सफल भएकाे छ । मिति २०८२ श्रावण १६ गते त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा, कीर्तिपुरलाई निमित्त निर्देशक शिवाकाेटीद्वारा दिइएकाे जानकारी अनुसार जीएसईले माथि उल्लेखित ब्याचकाे २०८२ श्रावण ०७ गते समाप्तभएकाे परीक्षाकाे नतिजा डीन कार्यालयकाे परीक्षा समितिकाे बैठक मिति २०८२ श्रावण १६ गतेकाे निर्णय अनुसार आज नवाैं दिनमा प्रकाशितभएकाे हाे ।

जीएसईकाे यस्ताे सत्प्रयासले हाल त्रिविप्रति निर्माण गरिएकाे गलत भाष्य “त्रिविले आफ्नाे क्यालेण्डर अनुसार भर्नादेखि परीक्षा लिएर नतिजा प्रकाशन गर्न नसकिरहेकाे” लाई केही हदसम्म सफलभएकाे छ । त्रिविकाे समग्र नतिजा समयमै प्रकाशन गर्नलागेकाे सकारात्मक आशाजनक संवाद नेपाली समाजमा तब पूर्णरूपेण जानेछ जबकी रजिष्ट्रार प्राडा केदार रिजालकाे कडा मिहिनेत अनुसार सबै सङकाय, अध्ययन संस्थान तथा बल्खु पनिकाले जीएसईकै जस्तै परिणाम निकालेर पर्फाेर्मेन्स देखाउन् । हुनत यसका श्रेय निवर्तमान उपकुलपति प्राडा केशरजंग बराललाईपनि जान्छ, जसले आफ्नाे करीब १३ महिने कार्यकालमा व्यवस्थापन विभागलगायत सबैतिर निकै चिन्तितभएर शैक्षिक क्यालेण्डर लागूगर्न प्रतिबद्ध भई नतिजापनि सक्दाे चाँडाे दिन लागिपरे । अब बरालकाे सत्प्रयासकाे जिम्मेवारी नवनियुक्त उपकुलपति प्राडा दिपक अर्यालकाे काँधमा आएकाे हाे ।

हाल त्रिविका विभिन्न निकायले समयमा नतिजा दिन नसकेकाे भाष्य निर्माणका कारणमा उत्तरपुस्तिका परीक्षक, समपरीक्षक (स्क्रूटिनी बाेर्ड), कर्मचारी तथा विद्यार्थी सबैकाे कमजाेरी केही-न-केही छ । समयमा प्राध्यापकले प्रश्नपत्र निर्माण, साेकाे माेडरेशन, ठिक समयमा उत्तरपुस्तिका बुझेर जाँच सकिई समयमै बुझाउने, त्यसरी नै स्क्रूटिनि मेम्बर र बाेर्डले टुङ्ग्याउन सक्नुमध्ये कतै ढिलाई भयाे भने प्राध्यापककाे, सम्बन्धित परीक्षा निकायकाे भागकाे कमजाेरी देखिन्छ ।

कम वा अदक्ष कर्मचारीले पनि ढिलाई हुनसक्छ भने विद्यार्थीहरू स्वयंले समयमा नतिजा माग्नु तर जाँचकाे दिनसम्म भर्ना पुन: खुलाउन माग्नु, परीक्षा फाराम भर्न पुन: म्याद माग्नु नभए बन्द र हड्ताल गरिदिनु जस्ता कार्यहरूपनि समयमा नतिजा प्रकाशन नहुनु कर्मचारी तथा विद्यार्थी कमजाेरी कारकका रूपमा देखिन्छन् ।

यस्ताेमा जीएसईले यी सबै चुनाैतीलाई पार गरेर केवल नवाैं दिनमा सयाैं विद्यार्थी संलग्न एम. फिल. तहकाे जाँचकाे नतिजा दिनसक्नु सराहनीय प्रयास हाे, जुन नेपालकाे उच्च शैक्षिक निकायहरूबाट यस समाजकाे अपेक्षा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय