मन्त्रीपरिषद पुनर्गठन हुँदै, आरजु देउवा उपप्रधानमन्त्री !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको कार्यसम्पादन मूल्याङ्कन ज्यादै कमजोर रहेकोले मन्त्री परिषद पुनर्गठन गर्ने भएका छन्।

मन्त्रीपरिषद पुनर्गठन हुँदा सबैभन्दा बढी फाइदा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई हुनेछ। उनी सोही मन्त्रालय सहित उपप्रधानमन्त्री बन्ने लगभग पक्का छ। कांग्रेसबाट डा.आरजु राणा र मन्त्री दिपक खड्का अहिलेकै मन्त्रालयको जिम्मेवारी सहित दोहोरिने भएका छन् ।

उता नेकपा एमालेले आफ्नो दलको तयारी सुरु गरेको छ। एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल,संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ,शिक्षामन्त्री रघुजी पन्त र सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने बाहेक अरु मन्त्री परिवर्तन हुनेछन् ।

नयाँ मन्त्री बन्न एमाले र नेपाली कांग्रेसमा दौड सुरु भैसकेको छ।एमालेमा जो जति दौडिएपनी प्रधानमन्त्री ओलीले चाहेको ब्यक्ति मात्रै मन्त्री हुने पक्का छ। पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आएपछि उनी पक्षका सांसदलाई मन्त्री बन्न गाह्रो छ। स्रोतका अनुसार पदम गिरी,सुर्य थापा र कृष्णगोपाल श्रेष्ठ मन्त्री बन्ने तयारीमा छन् ।

एमालेले आफ्ना मन्त्री फेर्ने र जिम्मेवारी पनि बदल्ने भएको कुरा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन्। उनले मन्त्री हुने दिनमै प्रधानमन्त्रीले ‘एकबर्ष मात्रै हो’ भनेर बाचा गराएकोले अब फेरबदल गर्ने नगर्ने प्रधानमन्त्रीमा भरपर्ने बताए।

नेपाली कांग्रेसले भने डा. आरजु राणाको नेतृत्वमा उपप्रधान तथा परराष्ट्रमन्त्रालयकै जिम्मेवारीमा राख्ने र मन्त्री दिपक खड्कालाइ सोहि जिम्मेवारीमा कायम गरेर बाँकी सबै मन्त्रीहरुलाइ बदल्ने तयारी गरेको छ।

अब बन्ने कांग्रेसका मन्त्रीहरुको संभावित लिस्टमा महामन्त्री बिश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, एनपी साउद, जीवन परियार, बिरबहादुर बलायर, उदय शमशेर राणा, हृदयराम थानी, प्रतिमा गौतम, चन्द्र भण्डारी, दिपक गिरी, अर्जुन नरसिंह केसी लगायत छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय