बाबुराम भन्छन् : अब माओवाद होइन वैकल्पिक राजनीतिक अभियानमा लागौं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अबको समय वैकल्पिक राजनीतिक शक्ति निर्माणको समय भएको बताएका छन् ।

भट्टराईले आफ्नो पूर्व पार्टी माओवादी पक्षबाट ‘सबै माओवादी घटक एकता गरौं’ भन्ने आसयका लेख,रचना र प्रयासबारे जवाफ दिँदै भनेका छन्,-‘तपाईंको पवित्र भावनाको उच्च सम्मान र मप्रतिको स्नेहनिम्ति हार्दिक आभार व्यक्त गर्दै जीवन, जगत र वर्तमान विश्व तथा नेपालका केही कटू यथार्थप्रति तपाईंको ध्यान आकृष्ट गर्न चाहन्छु।’

उनले बुँदागत रुपमा बिगतको माओवादी जनयुद्ध,अहिले भैरहेको भद्रगोल राजनीति र आगामी दिनमा गर्नुपर्ने बाँकी कार्यभार समेत स्पष्ट गर्दै यस्तो लेखेका छन्:-

१.भनिन्छ संसारका कुनै पनि घटना ऐतिहासिक आवश्यकता र आकस्मिकताको योगफल स्वरूप परिघटित हुन्छन्। त्यस हिसाबले बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरूमा नेपालमा युगीन हिसाबले थोत्रो भैसकेको राजतन्त्रात्मक सामन्ती, अर्धसामन्ती र अर्ध-औपनिवेसिक अर्थ-राजनीतिक प्रणालीको अन्त्य गरेर युगानुकूल अग्रगामी संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली स्थापना गर्न ( हेर्नोस्, सशस्त्र जनयुद्ध शुरूवातको पूर्वसन्ध्यामा २०५२ माघ २१ गते तत्कालीन सरकार समक्ष हामीले प्रस्तुत गरेको ४०-बुँदे मागपत्र ) त्यसको प्रमुख साधनको रूपमा हामीले आन्तरिक रूपमा माओवादी पार्टी र जनमुक्ति सेना तथा बाह्य रूपमा संयुक्त जनमोर्चा नेपाल ( पछि त्यसको विकसित रूप संयुक्त क्रान्तिकारी जनपरिषद् ) गठन गरेका थियौं। २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट केही अपूर्णता सहित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सो युगीन कार्यभार मूलतः पूरा गर्यौं। जसप्रति हामीलाई असीम गर्व छ र यसको सही मूल्यांकन इतिहासले अवश्य गर्नेछ।

२. इतिहास स्थीर रहँदैन । त्यो विभिन्न ऐतिहासिक खुड्किलाहरू पार गर्दै निरन्तर अघि बढिरहन्छ। नयाँ युगका नयाँ कार्यभार हुन्छन् । तिनलाई नयाँ विचार, नयाँ राजनीति, नयाँ संगठन, नयाँ शैली सहित पूरा गर्दै अघि बढ्नुपर्दछ। समाजका अगुवा चेतना भएका मानिसहरूले त्यसको अगुवाइ गर्छन्। निरन्तर नयाँ यात्रामा अघि बढिरहन्छन्। थाकेका र पुरानै चेतना बोकेका मानिसहरू पुरानै कुराका गुणगान गरेर र प्राप्त उपलब्धीमा मोजमज्जा गरेर आरामकासाथ बस्छन्। यो इतिहासको आम नियम हो। एक्काइसौं शताब्दीले ल्याएका नयाँ सम्भावना र चुनौतिलाई ध्यान दिंदै हामीले नेपाललाई तीव्र गतिमा सुशाशन र समृद्धिको प्रत्याभूति मार्फत अझै उन्नत समावेसी र सहभागितामूलक लोकतन्त्र सहितको समुन्नत समाजवादको दिशामा अघि बढाउनु छ। त्यसैले अहिले हामी विकसित नयाँ विचार, नीति, कार्यक्रम, संगठन सहितको नयाँ वैकल्पिक राजनीतिक अभियाननमा छौं।

३. त्यसैले हिजोका क्रान्तिकारी माओवादीहरू विगततिर फर्किने हैन भविष्यतिर उन्मुख बनौं। पार्टी आफैमा साध्य हैन निश्चित लक्ष्य हासिल गर्ने साधन हो। हजारौं शहीद, वेपत्ता, घाइतेहरूको वलिदान र तपाईं हामी सबैको मेहनतले बनाएको त्यो महान् पार्टीले आफ्नो ऐतिहासिक कार्यभार पूरा गरिसक्यो। माओवादी विचारले पनि आफ्नो युगीन कार्यभार सम्पन्न गरिसक्यो। माओ यो संसारबाट विदा भएको पनि आधा शताब्धी भैसक्यो। चौथो औद्योगिक क्रान्ति र ए.आइ. ( कृत्रिम बुद्धिमता) ले नयाँ सम्भावना र चुनौति ल्याइसके। त्यसैले अब पछि फर्कने हैन अघि बढ्ने कुरा गरौं। हिजो हामीले निर्माण गरेका तीन जादूगरी हतियारमध्ये दुइ हतियार जनसेना र संयुक्त मोर्चा ( संयुक्त क्रान्तिकारी जनपरिषद्) पुनर्संरचना गरिसक्यौं भने तेश्रो हतियार पार्टीको पुनर्संरचना गर्न किन आनाकानी?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...