नेसपा (नयाँ शक्ति) केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समिति दोस्रो पुर्ण बैठक आजदेखी काठमाडौंमा सुरु भएको छ। गौशाला स्थित एक होटलमा सुरुभएको बैठक आइतबार सम्म चल्ने पार्टीले जनाएको छ।

शुक्रबार पार्टी स्थापनाको १० औं बर्ष मनाएको नयाँ शक्तिले दुई दिनको केन्द्रीय समिति बैठकबाट वैकल्पिक शक्ति निर्माणका चुनौती र संभावनाको खोजी गर्दै पार्टीको आन्तरिक र वाह्य रणनीतिहरु बनाउने बुझिएको छ।

पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसद्को लागि जनपरिचालन गर्ने बारे पनि छलफल हुनेछ। त्यसैगरी यसअघिको कार्य विभाजनको समीक्षा गरी नयाँ कार्य विभाजन समेत एक नेताले जानकारी दिए।

साथै सबै खाले भ्रष्टाचार विरुद्ध सबै तहमा सङ्घर्ष सञ्चालन गर्ने, बुढी गण्डकी जलाशययुक्त विद्युत परियोजना  लगायत राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने मजदुर, किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनीतिक समिति गठन गर्ने लगायतका प्रस्ताव बैठकमा पेस गरिएका छन् ।

वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएका नयाँ शक्ति,समूह र वैकल्पिक बिचार बोक्ने ब्यक्तिहरुसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने बिषयमा पनि बैठकमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...