एयर इन्डिया दुर्घटना: शवको संख्या २७० पुग्यो


काठमाडौं । भारतको गुजरात स्थित अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटना स्थलबाट २७० वटा शव निकालिएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार विमानमा सवार २४१ बाहेक अन्य शव पनि फेला परेका हुन् ।

दुर्घटना भएको विमानमा चालक दलका १२ सहित २४१ को मृत्यु भएको पुष्टि भैसकेको छ। दुर्घटनामा परेका एक यात्रु जिवित छन् भने अर्कि एक युवती विमानस्थल ढिलो पुगेकोले बाँचेकी छन् ।

अहिलेसम्म प्राप्त २७० शव मध्य विमानका २४१ बाहेक ५ जना विमान दुर्घटना भएको बीजे मेडिकल कलेज होस्टेलका हुन्। विमान खस्दा होस्टेलमा ५० भन्दा बढी मानिस रहेको बताइएको छ। उनीहरुको अवस्था बारे पुर्ण एकिन भैसकेको छैन।

मृतकमा राजस्थानका १३, मध्यप्रदेश, हरियाणा र बिहारका एक-एक जना छन्। मृतकमध्ये अहिलेसम्म ७ जनाको शव डीएनए परीक्षणपछि आफन्तहरूलाई हस्तान्तरण गरिएको छ।

गुजराजका पूर्वमुख्यमन्त्री रुपानीको शव पनि अहिलेसम्म पहिचान हुन सकेको छैन। दुर्घटना भएको विमानको शुक्रबार ब्ल्याक बक्स फेला परेको छ। यो होस्टेलको छतमा फेला परेको हो। यसबाट दुर्घटना हुनुभन्दा अघि अन्तिम समयमा के भएको थियो भन्ने कुरा थाहा हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय