यस्तो हुनेछ नयाँ शक्तिको १० औं स्थापना दिवस

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले यही जेठ ३० गते शुक्रबार १०औं स्थापना दिवस मनाउने भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ।
२०७३ जेठ ३० गते दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा भएको थियो। त्यही दिनलाई स्थापना दिवस मानेर नेसपा(नयाँ शक्ति) पार्टीले विविध कार्यक्रम सहित वैकल्पिक शक्तिको आवश्यकता,नयाँ बिचार र रणनीतिक बिषयमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग छलफल पनि गर्नेछ । यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी (नाउपा) र विवेकशील साझा सहितका अग्रगामी बिचार बोक्ने नेताहरूलाई निमन्त्रणा गर्ने जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निम्तो नगरिने बुझिएको छ। यद्यपि यसबारे पार्टीले पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने जनाएको छ। त्यसदिन वैकल्पिक राजनीतिको बाटो र आगामी दिशाबारे छलफल हुनेछ भने विविध सांस्कृतिक कार्यक्रम पनि गरिनेछ।
पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका नेताहरूसँग छलफल गरि स्थापना दिवसका कार्यक्रमको तयारी बारे योजना बनाइरहेका छन् । स्थापना दिवस लगत्तै पार्टी केन्द्रिय समिति बैठक समेत बस्ने पार्टी महासचिव सोनमसिंह स्याङ्तानले जानकारी दिए। उनका अनुसार स्थापना दिवसमा भाषण र शुभकामना भन्दा पनि वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरूसँग घनिभुत र अर्थपूर्ण बहस चलाउने तयारी छ।

त्यस्तै, वैकल्पिक शक्ति निर्माणका लागि लेखेर,बोलेर अनि आवस्यक सुझाव र सल्लाह दिएर सघाइरहेका नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूलाई पनि कार्यक्रममा निम्तो गरिनेछ। त्यसबखत पार्टी स्थापनाको १० वर्षको राजनीतिक यात्रा, यसयात्रामा भएका कमी कमजोरी खोतल्ने,पार्टीको आगामी कार्यदिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरूमा समेत छलफल हुनेछ।

शुक्रवार हुने कार्यक्रमको तयारी तिव्र भैरहेको नेसपा (नयाँ शक्ति) पार्टी कार्यालयका मुख्यसचिव अर्जुन थपलियाले बताए। उक्त दिन पार्टीका कार्यक्रमगरुमा सक्रिय सहभागी भै सहयोग गर्नेहरुलाई सम्मान समेत गरिनेछ। त्यसैगरी भोलि बिहीवार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर कार्यक्रम तयारीका बारेमा जानकारी दिइने पनि थपलियाले बताए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय