गुजरात, बेंगलुरु र पञ्जाब आईपीएलको प्लेअफमा

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबारको दुई खेलपछि प्लेअफ पुग्ने तीन टोलीको टुंगो लागेको छ ।

आइतबारको पहिलो खेलमा पञ्जाब र दोस्रो खेलमा गुजरातले जित निकाल्दा दुवै टोलीसँगै बेंगलुरुको पनि प्लेअफ पक्का भएको हो ।

पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १० रनले हराउँदै प्लेअफको एक कदम नजिक पुगेको थियो । बेलुकाको नतिजाले तीनवटै प्लेअफ पक्का भएको हो ।

जितपछि गुजरातको १२ खेलमा १८ अंक भएको छ र शीर्षस्थानमा उक्लिएको छ । बेंगलुरु र पञ्जाब समान १२ खेलमा १७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

अब दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्समध्ये एक टोली प्लेअफमा छनोट हुन सक्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय