तरुण दलको अधिवेशनमा खुकुरी प्रहार हुँदा ५ जना घाइते

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा झडप हुँदा एक अर्कामा खुकुरी हानाहान समेत भएको छ।

तरुण दलको अधिवेशन भएपनी पार्टी नेताहरूको गुट नमिल्दा र प्रतिष्ठाको लडाइँका कारण तरुणहरु खुकुरी हानाहानको अवस्थामा पुगेका हुन् । घटनामा परेर तरुण दल आबद्ध पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको चितवनको भरतपुरमा उपचार भइरहेको छ। सदरमुकाम बेँसीसहरमा भएको तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएपछि दुई समूहबीच प्रतिनिधि छनोटको विषयमा विवाद भएको र विवाद बड्दै गएर खुकुरी हानाहानको अवस्थामा पुगेको हो।

खुकुरी प्रहारबाट बेँसीसहर नगरपालिका-९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलका सदस्य धन घले लगायत घाइते भएका हुन्।

‘घाइतेमध्ये खुसीजङ्ग र सुदीपको टाउकोमा गहिरो चोट लागेकाले उहाँहरुलाई थप उपचारको लागि राति नै चितवन चितवन मेडिकल कलेज भरतपुर लगिएको छ,’ लमजुङ प्रहरीले भनेको छ।

प्रतिनिधि छनोटमा विवाद उत्पन्न हुँदा दुई समूहबीच बाहिर सडकमा खुकुरी हानाहान भएको थियो। ‘अधिवेशन स्थलबाहिर बाहिर सडकमा दुई पक्षबीच आपसी विवादका क्रममा खुकुरी हानाहान भएको हो,’प्रत्येक्षदर्शीले भने, ‘पाँचजना घाइतेमध्ये सामान्य अवस्थाका तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।’

घटनाका सम्बन्धमा जाहेरी आएको प्रहरीले बताएको छ।यद्यपि कसैलाई पक्राउ गरिएको छैन। प्रहरीले खुकुरी हान्नेको खोजी गरिरहेको भनेको छ।

अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र वनमन्त्री भेषबहादुर गुरुङ लगायत नेता सहभागी थिए । यो लडाइँमा गुरुङ र पौडेलको शक्ति संघर्षले काम गरेको तरुण दलका एक नेताले बताए। मन्त्री डा.गुरुङ देउवा समूहका हुन् भने मन्त्री भेषबहादुर गगन थापा समूहका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...