सुनकोशीले प्रधानाध्यापकसँग गर्‍यो सम्झौता

सिन्धुली । सुनकोशी गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरुसँग छलफल गरि करार सम्झौता गरेको छ।

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बाेहाेरा दाहालले प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई समेत लिएर  प्रधानाध्यापकहरुसँग  गुणस्तरीय शिक्षाकाे लागि ३५ बुँदे कार्यसम्पादन करार सम्झौता गरेकी हुन् ।

सामुदायिक विद्यालयहरुकाे शैक्षिक गुणस्तर सुधारकाे लागि याे कार्यसम्पादन करार सम्झाैता काेसेढु्ङगाकाे रुपमा स्थापित हुनेछ  बताइएको छ ।

प्रधानाध्यापकहरु र सुनकाेशी गाँउपालिका शिक्षक महासंघले याे सम्झाैताकाे पूर्ण कार्यान्वयन हुने प्रतिवद्दता समेत गरिएको छ। सोही अवसरमा आर्थिक बर्ष २०८२/२०८३ मा शिक्षा निति र योजना मा समेट्नु पर्ने क्षेत्रको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको अध्यक्षता बसेकाे बैठकमा प्रमुख अतिथी पालिका अध्यक्ष दिपा बोहोरा दाहाल , विशिष्ट अतिथि उपाध्यक्ष कपिल कुमार कोइराला, शिक्षा शाखा प्रमुख शाैभाग्य न्याैपाने, प्रशासकीय अधिकृत नवीन न्याैपाने, बिभिन्न शिक्षक संघ सङ्गठनका अध्यक्ष र ४१ जना प्रधानाध्यापकको उपस्थिति रहेकाे थियाे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय