सांसद गीता गुरुङले दिइन् राजीनामा


काठमाडौं । जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सांसद गीता गुरुङले राजीनामा दिएकी छन्।

जनमतबाट समानुपातिक सांसद रहेकी गुरुङले जनताको करबाट तलब भत्ता खान उपयुक्त नलागेर राजीनामा दिएको बताएकी छन् । उनले आज सभामुख तुलाराम घर्ति मगरलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएकी हुन्।

पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।

‘देशको हालको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला,’ सभामुखलाई सम्बोधन गर्दै गुरुङले लेखेका पत्रमा भनिएको छ, ‘तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ। राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय