क्रोनी क्यापिटालिज्म अन्त्य कसरी ? (दोस्रो संस्करण)
डा. शेखर अर्यालमानव शरीर सञ्चालनको मियो भनेको मस्तिष्क (गिदी) हो जसको नियन्त्रणमा सम्पूर्ण मानव शरीरको अङ्गहरुले ठीक समयमा ठीक कामहरु गर्ने गर्दछन् ।
त्यसैगरी नेपाल राज्यको सञ्चालन गर्ने मियो भनेको नेपाल सरकार हो, नेपाल सरकारको पूर्ण वा आंशिक नियन्त्रण राज्यका अन्य सम्पूर्ण निकायहरुले ठीक समयमा ठीक कामहरु गर्दछन् ।
मानव शरीरलाई स्वस्थ रुपमा सञ्चालित भइरहनको लागि ठीक समयमा खाने, सुत्ने, आराम गर्ने, व्यायाम गर्ने आदि गर्नु पर्दछ । त्यसैगरी सरकारले पनि राम्रोसँग सञ्चालित भइरहनको लागि ठीक समयमा भन्ने, सुन्ने, नियन्त्रण गर्ने, सजायँ दिने आदि गर्नुपर्दछ ।
राष्ट्रिय राजनीतिलाई समय अनुकूल सफा, स्वच्छ, सुगन्धित राखी सधैं प्रख्यात बनाएर राख्नको लागि फोहोर, अस्वस्थ, दुर्गन्धलाई सधैं धोइपखाली गरी राख्नुपर्दछ ।
क्रोनी क्यापिटालिज्म अन्त्यका लागि पनि उल्लेखित कामहरु समय समयमा विभिन्न उच्च तह, पदहरुमा रही राष्ट्रसेवामा समर्पित व्यक्तिहरुले गर्नुपर्दछ । आज पहिलो चरण अन्तर्गत उल्लेखित सम्मानित व्यक्तित्वहरुले आ–आफ्नो नाममा रहेका चलअचल सम्पत्तिहरु सार्वजनिक गरिदिनु हुन यसै अनलाइनमार्फत हार्दिक अनुरोध गर्दछौं ।
सर्वप्रथम म आफै आफ्नो सम्पत्ति विवरण जनता सामु पेश गर्दछु ।
नाम, थर, ठेगाना पान, भ्याट नं. अचल सम्पत्तिहरु ठेगाना सहित चल सम्पत्तिहरु सुन, चाँदी, बैंक व्यालेन्स नगद आदि । सम्पत्तिको स्रोत खुलाउने
डा.शेखर अर्याल, गोकर्णेश्वर–६, जोरपाटी, काठमाडौं, ना.प्र.प.नं: ५६६३, नागरिक परिचयपत्र नं. ७८३–४९०–२२१–६, राहदानी नं. ०९१४०७३३, मतदाता परिचयपत्र नं.१९४०८७६६ पानः १०८३२९४९८ हालसम्म अचल सम्पत्ति छैन । सुन-५ तोला, चाँदी- छैन, नगद- ५ देखि १० हजार पकेट खर्च । नबिल बैंक– खाता नं. ०४१००१७५००८०६, आजको मितिसम्म नगद जम्मा ६५,७०७।०९ (पैँसठ्ठी हजार सात सय सात रुपैयाँ नौ पैसा मात्र)
प्रभु बैंक खाता नं. ०५७०२७०७७९६०००१५, आजको मितिसम्म जम्मा नगद रु.१,८५५।२२ (एक हजार आठ सय पच्पन्न रुपैयाँ बाईस पैसा मात्र)
यसैगरी सम्पत्ति विवरणहरु नलुकाईकन पूर्ण काुनको पालनासहित पेश गरी दिनुहुन पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टीका श्रद्धेय नेता तथा अध्यक्ष डा. बाबुराम भट्टराईलाई हार्दिक अनुरोध गर्दछु ।
नाम, थर, ठेगाना पान, भ्याट नं. अचल सम्पत्तिहरु ठेगाना सहित चल सम्पत्तिहरु सुन, चाँदी, बैंक व्यालेन्स नगद आदि । सम्पत्तिको स्रोत खुलाउने डा. बाबुराम भट्टराई…
यसैगरी सम्पत्ति विवरणहरु नलुकाईकन पूर्ण काुनको पालनासहित पेश गरी दिनुहुन पूर्व प्रधान न्यायाधीश श्रीमान् शुशिला कार्कीलाई हार्दिक अनुरोध गर्दछौं ।
नाम, थर, ठेगाना पान, भ्याट नं. अचल सम्पत्तिहरु ठेगाना सहित चल सम्पत्तिहरु सुन, चाँदी, बैंक व्यालेन्स नगद आदि । सम्पत्तिको स्रोत खुलाउने श्रीमान् सुशिला कार्की…
यसैगरी सम्पत्ति विवरणहरु नलुकाईकन पूर्ण काुनको पालनासहित पेश गरी दिनुहुन निष्ठावान् कम्युनिष्ट नेता तथा नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका मोहन वैद्य (किरण) लाई हार्दिक अनुरोध गर्दछौं ।
नाम, थर, ठेगाना पान, भ्याट नं. अचल सम्पत्तिहरु ठेगाना सहित चल सम्पत्तिहरु सुन, चाँदी, बैंक व्यालेन्स नगद आदि । सम्पत्तिको स्रोत खुलाउने मोहन वैद्य (किरण)…
मैले लिएका यी नाम वा अनुरोध गरेका ब्यक्तिले सम्पत्ति सार्बजनिक गरेपछि क्रमशः देशको कार्यकारी नेतृत्वमा रहेका उच्च पदमा पुगेका र व्यापार ब्यबसायमा राम्रो आर्थिक हैसियत बनाएका ब्यक्तिले पनि क्रमशः यसैगरी आफ्नो सबैकुरा सार्वजनिक गर्नेछन् । यसो गर्दा जनताको नजरमा को सहि को गलत भन्ने स्पस्ट हुनेछ। त्यसमाथि सुशासन आफैं बाट सुरु गरेपछि आफ्नो इमानदारी र निष्ठामा कसैले औंला उठाउन पनि सक्दैन।
मेरो सम्पत्तिको स्रोतः
– बुवा, आमाले दिने खर्च नै मुख्य आय स्रोत हो । जसमा मलाई मासिक रु.५५ हजार घरभाडा उठाएर खर्च गर्ने अधिकार दिनुभएको छ ।
– त्यसैगरी पार्टटाइम पढाएको बेलामा केही आम्दानी हुने गर्दछ ।
– अनुसन्धानको कार्य गरेको बखत प्राप्त वार्षिक पारिश्रमिक रु.५० हजार देखि १ लाखसम्म हुने गर्दछ ।
– मेरो नाममा रहेको कामधेनु कृषि फर्ममा हाल अधिया गरी उत्पादन भएका मौसमी तरकारीहरु र गाईको दूध १ लिटरदेखि १.५ लिटर प्रत्येक दिन प्राप्त हुने गर्दछ । यस वापत नेपाल सरकारलाई प्रत्येक वर्ष रु.४ हजार देखि ५ हजारभित्र मेरो पान नं.१०८३२९४९८ अन्तर्गत आयकर बुझाउँदै आएको छु । त्यसैगरी गोकर्णेश्वर नगरपालिकालाई नवीकरण शुल्क वापत रु.१,०००।– बुझाउँदै आएको छु् ।
त्यसैगरी माथि उल्लेखित अतिविशिष्ट व्यक्तिहरुलाई पनि आफ्नो आम्दानीको स्रोतहरु प्रष्टरुपमा कानुन पालनासहित राखिदिनु हुन अनुरोध गर्दछौं । देश र जनताप्रति उत्तरदायी व्यक्तित्वहरुले आफैले आफ्नो चलअचल सम्पत्तिहरुको सार्वजनिकीकरण प्रत्येक ३/३ महिनामा गर्दै जानुर्पछ र आफ्नो राष्ट्र र जनताप्रति असल नियत र इमान्दारिता छ भन्ने देखाउनु पर्दछ ।