मोटरसाइकल ‘दाइजो’ नपाएपछि हत्या आरोप !

महोत्तरी। दाईजोमा स्वीकार गरिएको मोटरसाईकल समयमा नदिएपछि महोत्तरीमा एक युवतिको हत्या भएको आशंका गरिएको छ। युवतीको परिवारले पनि सो आरोप लगाएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर-६ रतौली बस्ने स्थानीय लक्ष्मी साहकी १८ बर्षिय छोरी ज्योती साहको हत्या भएको आरोप उनका परिवारले लगाएका छन् । ज्योतिको ७ महिना अघि जनकपुर उपमहानगरपालिका वडा नम्बर-१३ पीडारी बस्ने स्थानीय रामहरी साहको २१ बर्षिय छोरा किसान साहसँग बिवाह भएको थियो। दाईजोमा मोटरसाईकल नदिएपछि केटा पक्षबाटै हत्या भएको युवतीका परिवारको आरोप छ।

विवाहको बेला ससुरा पक्षले मोटरसाईकल दिन्छु भनी स्वीकार गरेको तर ७ महिना बित्दा पनि मोटरसाईकल नदिएको भन्दै मारेर झुण्डयाइदिएको आरोप माईती पक्षले लगाएको छ । गत सोमबार माईतबाट घरमा आएकी ज्योती साहको प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। उनलाई घरमै मारेर झुण्डयाएको आरोप परिवारजनले लगाएको छ ।

प्रहरीले तत्कालै उनका श्रीमान किसन साहलाई पक्राउ गरेको छ । ज्योतिकि सासुलाई समेत प्रहरीले पक्राउ गरेको थियो। तर,जनप्रतिनिधिको जमानीमा उनलाई छाडिएको बताईएको छ ।

परिवारजनले दिएको जानकारी अनुसार, ज्योतिको पेटमा ३ महिनाको गर्भ समेत रहेको थियो । उनको टाउको र निधारमा निलडाम भेटिएको र हात समेत भाँचिएको परिवारको आरोप छ। यद्यपि घटना बारे प्रहरी अनुसन्धान भैरहेको छ। ज्योतिलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शव पोष्टमार्टमको लागि जनकपुर ल्याएपछि मात्र ज्योतिको माइती परिवारलाई खवर गरिएको बताईन्छ।

माईती पक्षले दाईजोको मोटरसाईकलको लागि अहिले रकम नभएको तथा दुई बर्षपछि मोटरसाईकल दिने वाचा गरेको पनि भनेका छन् । तर,घटना दाइजो कै कारण हो वा अन्य कारण भन्ने खुल्न बाकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय