नेसपा (नयाँ शक्ति) वाग्मती सम्पर्क समितिमा थापा

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गैरभौगोलिक प्रदेश समिति अन्तर्गत वागमती प्रदेश सम्पर्क समितिको अधिवेशन सम्पन्न भएको छ।

शनिबार काठमाडौंको तीनकुनेस्थित नेसपा पार्टी कार्यालयको सभा हलमा सम्पन्न अधिवेशनले शिवहरी थापाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको संयोजक थापा,सह संयोजकद्वय अनिल अधिकारी र लक्ष्मण महतो तथा सचीव राजन वैद्य चयन भएका छन् । वाग्मतीका सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी २५ सदस्यीय वागमती प्रदेश सम्पर्क समिति गठन गरिएको नेसपाले जनाएको छ।

बागमती प्रदेश सम्पर्क समितिका उत्प्रेरक विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा नेसपा नयाँ शक्तिका केन्द्रिय उपाध्यक्ष ईश्वर रिजाल प्रमुख अतिथि तथा महासचिव सोनाम सिंह स्याङतान विशेष अतिथि र वागमती प्रदेश अध्यक्ष जेकेन्द्र कुमार श्रेष्ठसहित केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले संगठन सुदृढीकरण र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यसहित आगामी दिनमा प्रभावकारी कार्ययोजना सञ्चालन गर्ने निर्णय गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय