सरकारले गभर्नर नियुक्ति नगरेर संविधान मिच्यो : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई महिनासम्म पनि नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गर्न नसक्नु सरकारको कमजोरी भएको बताएका छन् ।

नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारको असक्षमता गभर्नर नियुक्ति मै देखिएको दोहोर्‍याए । गभर्नरको नियुक्ति नगर्नु संविधान मिच्नु हो भन्दै उनले भने-,’पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने हो। तर,म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम भएको छ।’

नेता कोइरालाले बर्तमान सरकारले सुशासन दिँनै नसकेको आरोप समेत लगाए। कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको भन्दै उनले दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताए।

उनले पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको भएपनी नयाँ अभ्यास स्वरुप दुई ठूला पार्टी मिलेको बताए।

उनले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन। एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ। सात बुँदे सहमति भनेको छ। संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ। सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ।’

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय