अटेर गरे फेसबुकको नेपाल यात्रा सकिन्छ: संचारमन्त्री

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकले नेपालमा दर्ता हुन अझै अटेर गरे ७ दिनपछि नेपाल यात्रा सकिने चेतावनी दिएका छन् ।

राष्ट्रिय सूचना आयोगको कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले फेसबुकको मुख्य कम्पनी मेटालाई ७ दिनको अल्टिमेटम दिएका हुन् ।उनले भने -‘अब कुर्न सकिन्न सोसियल मिडिया नेपालमा दर्ता नभए प्रतिबन्ध हुन्छ।’

उनले पटक-पटक आग्रह गर्दा पनि मेटाले नमाने पछि सरकारले अब उसको नेपाल यात्रा टुङ्याउनुपर्ने स्पष्ट पारे।फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता मेटाका प्लेटफर्महरूबाट हाम्रै देशको पैसा बाहिर जानु र राज्यलाई कर नतिरिनु अन्याय होइन र ? उनले भने-‘अब पनि अटेर गरे मेटाको नेपाल यात्रा सकिनेछ।’

उनले नेपालमा सामाजिक सञ्जाल चलाउन चाहन्छौ भने, अब दर्ता गरेर कर पनि तिर्न आग्रह गरे। उनले भने-‘हरेक पल, हरेक क्लिक सँगै हाम्रो पैसा विदेश जाँदैछ, अनि हामी चुप लागिरहनु पर्ने ? सबै संजाल हामी प्रयोग गर्छौं, तर त्यसको फाइदा कसलाई?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय