प्राचार्य ओमराज मैनाली मृत भेटिए

काठमाडौं । चितवनमा एक स्कुलका प्राचार्य मृत भेटिएका छन् ।भरतपुर महानगरपालिकाको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली ३ दिनदेखि परिवारको सम्पर्कदेखि बाहिर रहेका थिए ।

भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए । मैनालीका श्रीमती र २ छोरीहरु छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...