अध्ययनले भन्छ ‘राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्’

काठमाडौं । के तपाईंले राती सुत्नेबेलामा लगाउने कपडाको बारेमा ध्यान दिनुभएको छ ? यदि छैन भने अब ध्यान दिनुहोस् । यसले तपाईंको स्वास्थमा धेरै प्रभाव पार्न सक्छ। एउटा अध्ययनले के देखाउछ भने ‘राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्’।

राति सुत्ने बेलामा तपाई भित्री वस्त्र र कसिला वस्त्र प्रयोग गर्नुहुन्छ भने अब त्यसो नगर्नुस् । अल्छी लागेर वा हेल्चेक्राइ गरेर, ‘ह्या ,सुत्ने त हो नि, लुगाले के नै फरक पार्छ र ?’ भन्ने सोच्दै हुनुहुन्छ भने यो अर्को भूल हुनसक्छ । यदि यस्तै सोचाइ छ वा हेल्चेक्राइ गर्ने बानी छ भने हटाइहाल्नुहोस् ।
एक अध्ययनका अनुसार राति सुत्ने बेलामा भित्री बस्त्र खोलेर खुकुला र सुतीको कपडा प्रयोग गर्नुभएन भने तपाईको शरीरमा समस्या देखिन थाल्छ । हो, अझ महिलाले यस्तो कुरामा विशेष ध्यान दिनुपर्छ । २४ सै घण्टा तपाईले ‘ब्रा’ लगाउनाले शरीरमा अनेक समस्याहरू देखिन्छन्।

जब तपाई बेडमा जानुहुन्छ तब भित्री वस्त्र खोलेर सुतीको कपडा प्रयोग गर्नुहोस् यसबाहेक अरु समयमा अनिवार्य भित्री वस्त्र प्रयोग गर्नुहोस् । पुरुषले पनि रातमा सुत्दा भित्री कपडा खोलेर खुकुला सुतीको कपडा प्रयोग गर्नु हितकर हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय