शेर्पा जातिमा मनाइने केही प्रमुख संस्कार

दीपा थोकर

नेपालमा विभिन्न धार्मिक, सामाजिक संस्कार र चाडपर्व मनाउने जात, धर्म, समप्रदायका मान्छेहरू हिमाल, पहाड र मधेशका विभिन्न भागमा बसेका छन् । नेपालका यी विभिन्न जातजातिकाे अध्ययन एकैचाेटी गर्न असम्भवप्राय: रहेकाेले प्रतिनिधिमूलकढंगले यी क्षेत्रहरूबाट गरिने प्रयास क्रमश: गरिनेछ ।

यस लेखकाे मूल उद्देश्य नै आपसी परिचय देशवासीबीच गराएर एकले अर्कालाई जान्ने, सम्मान दिने र नेपाली-नेपालीबीच आपसी साैहार्द्र बनाईराख्नु हाे ।

यस लेखमा हिमाली भेग मूल थलाे भएकाे शेर्पा जातिले मनाउने प्रमुख चाडपर्वबारे चर्चा गरिनेछ ।

काे हुन् शेर्पा जाति ?

नेपालकाे मूलथलाे साेलुखुम्बु भई प्राय: हेलम्बु, संखुवासभा, ताप्लेजुङ्गतिर बस्ने अब त काठमाडाैं र नेपालका अन्य शहरहरूतर्फ बस्छन् । हिमाली क्षेत्रमा बस्दा अपनाईने संस्कारहरू, रीतिरिवाजहरू अन्य जात, धर्मभन्दा छुट्टै शेर्पामा पाईन्छन् ।

नेपाली समाज र संस्कृति पुस्तक (प्रथम संस्करण २०५६, विद्यार्थी पुस्तक भण्डार, काठमाडाैं, पृष्ठ १२६ र अन्य) का लेखकद्वय रेशराज अधिकारी र हरिहर घिमिरेका अनुसार शेर्पाहरूकाे ओठ उच्च, चिम्से बदामी आँखा, न्याप्टाे नाक, डल्लाे जीउ, पहेंलाे रङ्ग आदि विशेषता भएका शरीर हुन्छ । अन्य जात, धर्म, सम्प्रदाय अनुसार शेर्पा जातिमा पनि जन्म, विवाह र मृत्युका रीतिरिवाज आफ्नै छुट्टै पहिचानसहित अनुभव गर्न सकिन्छन् ।

शेर्पाका प्रमुख चाडपर्व र प्रचलित संस्कार

जन्म संस्कार : सनातन हिन्दू जस्ताे सुतक चलन नहुँदापनि बिजाेडका ५, ७ र ११ जस्ताे बेजाेड दिनमा शेर्पाकाे पुराेहित “लामा” अनुसार न्वारन घर र नवजातलाई सफा-सुग्घर गरेर भाेज खुवाई मनाईन्छ । नाम जुराउँदा तिब्बती भाषामा देवीदेवता, धार्मिक प्रतीक चिन्ह, चन्मचक्र आदिलाई ध्यानमा राखिन्छ भने बाेलाउने नाम परिवारले नै राख्छ ।

छेवर (छरतने) संस्कार : बालक १२/१३ वर्षकाे हुँदा ब्रतबन्ध जस्ताे छाेरामा मात्र गर्ने गरिन्छ । लामाकाे यसमा विशेष भूमिका हुन्छ ।

विवाहका विधिहरू: यिनिहरूमा परम्परागत विवाह गर्न खर्चिलाे, लामाे तर राेचक मानिन्छ । यिनिहरूमा बहुजातिय र बहुपत्नी प्रथा पाईन्छ, अब भने आधुनिकताले छाेएकाे हुनुपर्छ र अन्य जातले झ‌ैं पढेलेखेकाे तथा मूलथलाे बाहिर बस्नेहरूकाे परिवारमा फरकपन आएकाे महशुस गर्न सकिन्छ । शेेर्पामा मागी, प्रेम, जारी र चाेरी विवाहहरू चलनमा देखिन्छन् । मागीमा मामा चेला फूपू चेलीबीच हुनेगर्छ । मुख्य विधिहरू तल छन् ।

*साेदेन : यस विधि अनुसार केटा पक्षबाट व्यक्तिगत वा पारिवारिक सहयाेगमा केटी पक्षलाई विवाहकाे स्विकृतिकाेलागि एक बाेतल जाँड उपहार पठाईन्छ । स्वीकृत भएकाे खण्डमा दुवै पक्ष बाँडेर जाँड खान्छन् र विवाह हुने पक्का मानिन्छ । केटाकेटी भेटघाट, सहवास आदि गर्न पाउँछन् तर विवाह अघि सन्तान (थेम्बा) जन्म्याे भने त्यसलाई राम्राे मानिंदैन ।

*देमछ्याङ्ग : माथि उल्लेखित झैं “थेम्बा” जस्ताे नरमाईलाे राेक्नलाई विवाहकाे दाेस्राे चरण देमछ्याङ्ग गरिन्छ । केटापक्षकाे घरमा छ्याङ्ग, रक्सी सगुन खाएर ईष्टमित्रहरू केटीकाे घरतर्फ जन्ती प्रस्थान गर्छन् (दुलाहा भए-नभएपनि) र दुलहीकाे घर पुग्दा भरूवा बन्दुक पड्काएर जनाउ दिन्छन् । बाटैमा दुलहीकाे बुवाले जाँडकाे अभिषेक जन्तिलाई “सेकिम” गर्छन् र मुख्य नातेदारलाई श्बादा पहिर्याएर स्वागत गरिन्छ र विवाहकाे विधिवत् घाेषणा गरि २-३ नाचगान गरि बसेर दुलही लिएर जान्छन् ।

*तेछ्याङ्ग/पेछ्याङ्ग : अब विवाहपछि दुवै पक्षका सदस्यबीच भेटघाट “तेछ्याङ्ग/पेछ्याङ्ग” हुन्छ । देमछ्याङ्ग अर्थात्, विवाहकाे विधिवत् घाेषणापछि केटापक्षबाट रक्सी वा जाँड काेसेली लिएर केटीकाे घरमा गई सदस्यहरूले भलाकुसारी गरि पठाउने तयारी हाे ।

*गेक्कतुव : देमछ्याङ्गपछि अर्थात्, केटापक्ष केटीपक्षकाेमा पुगिसकेपछि दुलहा र दुलही दुवैजनाकाे निधारमा गैनिकाे टीका लगाउने चलन नै “गेक्कतुव” हाे । विदा गरिंदा माईतितर्फबाट केटीलाई दाईंजाे दिईन्छ जसमा केटीकाे अधिकार हुन्छ ।

खुम्बु क्षेत्रका कुनै शेर्पा परिवारमा बहुपति राखेकाे पाईन्छ जसमा नाम दाजुकाे नै विहे हुन्छ किनकि “दाजुले भाईकी पत्निसँग सहवास गर्न नहुने तर भाईले भाउजूसँग सहवास गर्न हुने” परिबन्ध छ । तर याे अब आधुनिक समाजमा परिवर्तनकाे जरूरत छ जस्ताे लाग्छ किनकि पहिला-पहिला महिलाकाे संख्या नपुगेर पुरूषहरूले त्यस भेगका शेर्पा जातिले चलन चलाएका मानिन्छ ।

आज नेपालकाे कानूनले कुनैपनि किसिमकाे दाईंजाे प्रथा र बहु विवाहकाे परहेज गरेकाे हुनाले याे स्तम्भकारले संस्कृति अध्ययनकाे लागिमात्र यहाँ उल्लेख गरेकाे हाे र कानुनले वर्जित् जुनसुकै प्रथाकाे निरूत्साहित गर्दछ ।

मृत्यु संस्कार : याे संस्कार अलि खर्चिलाे हुन्छ । मान्छेकाे मृत्युहुँदा लामाले कपालकाे राैं उखेलेर पहिला भित्रि प्राण जाने बाटाे खुलाउँछ । त्यसपछि ५ पटक धार्मिक ग्रन्थ “फाेग्यु” पाठ लामाले गरेर ग्रन्थ र पात्ताे हेरी दाह संस्कार वा गाड्ने वा पशुपक्षीलाई खुवाउने के गर्ने हाे, त्याे निश्चित गरिन्छ । त्यसपछि काँचाे पिठाेकाे पुतला बनाई (ग्याक) दाेबाटाेमा मन्सिने तथा पिठाे बफ्याएकाे पुतला (ताेर्मा) बनाएर मन्सिने र केही क्रियापुत्रिलाई खान दिने (अधिकारी र घिमिरे, पृष्ठ १२९) । अनि लामाले “शिंजे छाेग्याल” अर्थात्, मृतकलाई धर्मसाजकाे लाेकमा जान प्रार्थना गरेेपछि शवयात्रा शुरू हुन्छ । ध्वजा, शंख बजाउने अघि हुन्छन् र ज्वाइँ आवश्यक त्यहाँ हुन्छ ।

मलामी फर्केपछि लामाले “नागपुर” पाठ गर्छन् अर्थात्, घरमा भएकाे प्रेत आत्मालाई स्वर्ग जान अनुराेध गर्छन् । देहावसानकाे तेस्राे, साताैं वा एघाराैं दिन लामाले मृतककाे नाममा लेखिएकाे कागज वा चिन्ह आगाेमा लगाई “नागपुर” गर्छन् भने आठाैं दिनमा “दाेझाेङ्गा” गरि घर शुद्ध पारिन्छ । ४९ आैं दिनमा “गाेपाकाे” विधि अर्थात्, अन्तिम श्राद्ध लामाले ग्रन्थ पढेर गर्छन्, जसमा लामालाई दक्षिणा दिने, ईष्टमित्रलाई भाेजन खुवाउने चलन रहेकाे पाईन्छ ।

शेर्पाले मनाउने विशेष चाडपर्वहरू

लाेसार पर्व : लामाले फाल्गुण महिनातिर साइत जुराएर मनाईने यस पर्वकाे तिब्बती भाषामा अर्थ “लाे” काे अर्थ “वर्ष” र “सर” काे अर्थ “नयाँ” अर्थात्, नयाँ वर्ष हाे । हिन्दूकाे दशैंजति नै नयाँ लुगा लगाई, आपसी भेटघाट, नृत्य गरेर, घरमा बाैद्ध धर्मकाे पाठ, देवीदेवताकाे पूजापाठ गरेर याे पर्व हर्षाेल्लासमय तरिकाले मनाईन्छ ।

दुम्जे पर्व : सांगठनिक एकताकाे प्रतीक हाे याे पर्व, जुन ६-७ दिनसम्म मनाईन्छ । सबै गाउँलेले मिलेर पर्व मनाउन एऊटा समिति “लामा/लावा” बनाउँछन् जसले चाडभरिकाे लागि सबै परिवारबाट खाद्यमन्न संकलन गर्दछ । यसमा पनि पूजापाठ, नृत्य, गायन गरिन्छन् र मुख्य उद्देश्य भनेकाे अनिष्ट कुराले जनजीवनलाई कष्ट नदिओस् भन्ने हाे । यस दुम्जे पर्वपछि उनीहरू हिमाली क्षेत्रतिर पशु हेरचाहका लागि जान्छन् ।

मनि-रिम्दु पर्व : यस पर्वमा शेर्पालीहरूले विभिन्न देवदेवीकाे प्रतीक झल्काउने लगाई गाेर्माका मुख्य-मुख्य लामाहरूले नाचगान गरेर गाेर्मासित सम्बन्धित बाैद्धमार्गी भक्तहरूकाे लागि सुखशान्ति र समृद्धिकाे कामना गर्दछन् ।

उपसंहार

शेर्पाहरू प्राय: बाैद्धमार्गी हुन्छन् । उनीहरूका संस्कारमा लामाकाे विशेष महत्त्व हुन्छ । नेपालकाे उत्तरी हिमाली भेगका यी शेर्पाजातिका संस्कार तथा चाडपर्वहरू छुट्टै पहिचानसहितका हुन्छन् र नेपालकाे विशिष्ट सांस्कृतिक सुगन्ध थपेकाे हाे ।

तर शेर्पा जतिमा हुने गरेकाे बहुविवाह र दाईंजाे प्रथा गैह्रकानूनी रहेकाेले परम्पराधान्न दाईंजाेकाे ठाउँमा अखर्चिलाे वस्तु सांकेतिकरूपमा प्रयाेग गर्न सकिन्छ तर बहुविवाह त हटाउनै पर्छ ।

हामीले राजधानी काठमाडाैं, मधेश वा देशकाे अन्य पहाडी भेगमा बसेका मान्छेले हाम्राे उत्तरी हिमाली भेगका शेर्पालगायत अन्य जातकाे संस्कृति, चाडपर्व र परम्परालाई सम्मान गर्नुपर्छ र राेचक कुरा सिक्नुपर्छ तथा गलत कुरा त्याग्नुपर्छ ।

(लेखिका समाजशास्त्रकी विद्यार्थी हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय