२०८१ मा चलचित्र : दयाहाङकै बर्चस्व !

२०८१ सालमा ६४ चलचित्र रिलिज भएको देखिन्छ। त्यसमा २०८० चैत ३० को “डिग्रीमाइला” लाई पनि ०८१ कै चलचित्रमा गणना गरिएको छ। त्यस्तै २०८१ चैत २९ मा रिलिज भएको ‘पिताम्बर’ र ‘कर्मा’ लाई समेत जोडिएको छ।

तर, यतिधेरै चलचित्र रिलिज हुँदा कुनै चलचित्र सर्वाधिक धेरै कमाउने र अहिलेसम्मकै इतिहास राख्न सफल भयो भने कुनै चलचित्रले पोष्टर छाप्ने  पैसा समेत जुटाउन सकेन। तर, यसबर्ष दयाहाङ राईको ९ वटा फिल्म (लाज शरणमको गेस्ट रोल जोड्दा १० नै पुग्छ) प्रर्दशन भए र प्रायः सबैले पैसा कमाए। संयोग नै मान्नुपर्छ नयाँ बर्ष २०८१ को पहिलो चलचित्र डिग्री माइला देखि २०८२ को नयाँ बर्षको पिताम्बर सम्म दयाहाङकै चलचित्रले हलमा दर्शक जुटायो।

अर्को रोचक कुरा के पनि छ भने बर्षभरी सिनेमा उद्योग होल्ड गरेका दयाहाङका चलचित्र औषत मात्रै सफल भए। मत्लब बर्ष २०८१ मा सर्वाधिक कमाउने ४ नेपाली चलचित्रमा दयाहाङको एउटै पनि थिएन। बरु उनकै जुनियर कलाकार बिजय बरालको चलचित्र ‘पुर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने चलचित्र बन्यो।

बर्ष ०८१ मा प्रदर्शन भएका फिल्महरू मध्ये मेगा बल्कबस्टर भएको भनिएको ‘पूर्णबहादुरको सारंगी’ कार्तिक १५ देखि चैत सम्म चल्यो। डेढ करोडमा बनेको यो फिल्मले ५० करोड भन्दा बढीको व्यापारसँगै थुप्रै रेकर्ड बनायो ।

त्यसैगरी अभिनेता विराज भट्टले छोरा समिर भट्टलाई डेब्यू गराउँदै निर्माण गरेको चलचित्र ‘१२ गाउँ’ले पनि २५ करोडको ब्यापार गरेर उधुमै मच्चायो। त्यससँगै रिलिज भएको दिपकराज गिरीको ‘छक्का पञ्जा-५’ ले पनि सुपरहिट हुने अवसर पायो। यसले पनि २० करोड माथिको ब्यापार गर्‍यो।

उता नायिका केकि अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ पनि सर्वाधिक कमाउने चलचित्रमा पर्‍यो। २०८१ को धेरै कमाउने टप ५ चलचित्रमा बोक्सीको घर पनि परेको छ। जम्मा जम्मी १ करोडको लगानीमा बनेको यस फिल्मले घरेलु बक्स अफिसमा ११ करोडको व्यापार गर्‍यो। यी ४ वटै चलचित्रमा दयाहाङ जोडिएका थिएनन् । यद्यपि बर्षभरी चर्चा भने दयाहाङकै रह्यो।

यस बर्ष रिलिज भएका दयाहाङको ९ वटा फिल्महरुको नतिजा हेर्दा राजागंजको व्यापार सवै भन्दा कमजोर देखियो भने अन्जिलाको व्यापार सवै भन्दा बढी हुने देखिन्छ। यद्यपि पिताम्बरको भने हिसाब आउन बाकी छ। ब्यापारिक दृष्टीकोणले दयाहाङको सबैभन्दा बढी कमाउने अन्जिला त्यसपछि डिग्री माइला, घरज्वाइँ, गाउँ आएको बाटो, मनसरा, कार्साङ, दुखी आत्मा र राजागंज पर्दछ । अब चैत्र २९ मा रिलिज भएको पिताम्बरले के गर्ला त्यो हेर्न बाकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय