चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’को बुकिङ खुला

काठमाडौं । यस वर्ष २०८१ को अन्तिम साताको शुक्रबारदेखि दुई ठुला एक्सन फिल्म कृषा चौलागाईंको ‘पिताम्बर’ र सौरभ चौधरीको ‘कर्मा’ प्रदर्शनमा आउने भएका छन् ।

मल्टिप्लेक्सका हलहरुले मंगलबार बेलुकी देेेेखी  नै यी फिल्मको एडभान्स बुकिङ खुलाइसकेका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सनले मंगलबार फिल्मको शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको हो।

आईएनआई सिनेमाज, विग मुभिजले पनि मंगलबार बेलुकासम्म बुकिङ खुलाइसकेको छ। मल्टिप्लेक्समा ‘कर्मा’ भन्दा ‘पिताम्बर’ ले बढी शो पाएको छ। यी दुवै फिल्ममा दर्शकले रूचाएका कलाकारहरू छन्। ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्ट आदि कलाकारहरूको अभिनय छ।

‘कर्मा’ मा विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी,दिव्यदेव लगायतको अभिनय छ।

‘पिताम्बर’ र ‘कर्मा’ दुवै स्टार कलाकार भएको र एक्सन जनरामा बनेका फिल्म हुन्। सोहीकारण पनि फिल्मले कस्तो व्यापार गर्छ धेरैका लागि प्रतिक्षाको विषय छ।

उसो त यसअघि चैत २९ का लागि अर्को फिल्म ‘नरसिंहा अवतार’ ले पनि प्रदर्शन मिति घोषणा गरेको थियो। सो फिल्म पछि हटेर जेठ ९ मा पुगेपछि बक्स अफिसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल भर्सेस विपीन कार्कीबीच प्रतिस्पर्धा हुन लागेको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...