सावित्रा भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा हाल देशबाहिर रहेकाले उनका बुबाले पुरस्कार ग्रहण गरेका थिए ।
साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् भने युरोपमा खेल्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।