झन्डै ५ अर्बको चिनियाँ चलचित्र काठमाडौंमा छायांकन
काठमाडौं । झन्डै ५ अर्ब नेपाली रुपैयाँ खर्च हुने चिनियाँ चलचित्र नेपालमा छायांकनको तयारीमा छ। चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुने खबर सार्बजनिक भएको छ।
चीनमा ५० प्रतिशत छायांकन हुने चलचित्रको बाँकी छायांकन नेपालमा हुन लागेको हो। चलचित्र नेपालको काठमाडौं, चितवन र लुम्बिनीमा छायांकन हुने भनिएको छ। पर्यटन व्यवसायी प्रभाकर खड्का चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपाल संयोजक रहेको पनि बुझिएको छ।
हेरीले निर्देशन गर्ने यो चलचित्रको बजेट २५० मिलियन चीनिया रुपैयाँ (करिब चार अर्ब ८० करोड नेपाली रुपैयाँ) रहनेछ।
चिनियाँ चलचित्र छायांकनका लागि २० जनाको चलचित्र निर्माण टोली अहिले काठमाडौंमा छ। होली पर्वको दिन हनुमान ढोका दरबार परिसरमा शुभमुहूर्त गर्दै केही सिन खिचेको पाइएको छ। चलचित्र सन् २०२६ मा रिलिज हुनेछ।