कान्छीसंग मिलेर जेठी श्रीमतीको हत्या
कञ्चनपुर । कञ्चनपुरमा एक ब्यक्तिले कान्छी श्रीमतीसंग मिलेर जेठी श्रीमतीको हत्या गरेका छन् ।
हत्याको आरोपमा प्रहरीले मृतकका श्रीमान सहित चारजनालाई नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका-११ चौबिससत्तामा गोपाल सुनारकी ५८ वर्षीय श्रीमती कसी सुनार बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) उमेश जोशीले जानकारी दिए । यद्यपि उनको मृत्युको कारण भने अझै खुलेको छैन।
महाकाली नदी किनारामा बालुवा चालेर जिविकोपार्जन गर्दै आएकी सुनारलाई सम्पत्तिको प्रलोभनमा उनका श्रीमान गोपाल सुनारसहित कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारको मिलोमतोमा हत्या गरेको आरोप लागेको छ ।
मृतकका श्रीमान गोपाल सुनारसहित उनकी कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।