भक्तपुरमा एमाले अखिलका अध्यक्ष सहित दर्जनौं युवा तरुण दल प्रवेश
भक्तपुर । एमाले निकटको अनेरास्ववियुका पूर्वअध्यक्ष विवेक माखिम सहित झण्डै एक सय युवाहरू नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल भक्तपुरको पूर्णकालीन सदस्यता वितरणका क्रममा चागुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिका लगायतका स्थानबाट अनेरास्ववियुका नेता, कार्यकर्ता तरुण दलमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई तरुण दलको सदस्यता प्रदान गरिएको जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य राजु थापाले जानकारी दिए।
अनेरास्ववियु परित्याग गरेर तरुण दलमा प्रवेश गर्नेहरूमा निराजन प्रजापती, रिजेन शाही, मोहन श्रेष्ठ, निकेरा प्रजापती, सोनीया अवाल, करुणा श्रेष्ठ, रितेश तको, जीवन श्रेष्ठ लगायत रहेका छन् ।
नवप्रवेशीहरूलाई नेपाल तरुण दलको सिद्धान्त, आदर्श र अनुशासनमा रही नेपाली कांग्रेसको संगठन निर्माणमा खटाइने अध्यक्ष थापाले बताए । उनले नवप्रवेशीहरूलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी प्रदान गर्ने जनाएका छन् ।