सक्रिय आमा समूहको धार्मिक भ्रमण सम्पन्न
काठमाडौं ।काठमाडौ महानगरपालिका वडा नम्बर-६ महाङकालमा रहेको सक्रिय आमा समूहले आफ्ना सदस्यहरुलाई धार्मिक एवं पर्यटकिय भ्रमण गराएको छ।
संस्थाका सदस्यहरुले शनिबार काभ्रे स्थित विभिन्न धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण गराएको हो। सो अवसरमा काभ्रेको प्रशिद्ध धार्मिक स्थल लड्केश्वर महादेव,धनेश्वर महादेव सहित विभिन्न मन्दिर एवं धार्मिक पर्यटकिय क्षेत्र भ्रमण गराइएको अध्यक्ष नानु दाहालले जानकारी दिइन् ।
२०७४ सालमा स्थापना भएको सक्रिय आमा समूहमा ४० भन्दा बढी सदस्य छन् । संस्थाले यस अघि पनि सिन्धुपाल्चोकका धार्मिक एवं पर्यटकीय क्षेत्र भ्रमण गराएको थियो । यसैगरी आफ्ना सदस्यको लागि नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम समेत सम्पन्न गरिसकेको छ।