पेट्रोलियम पदार्थको मूल्य घट्यो
२ चैत, काठमाडौं । नेपाल आयम निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आइतबार विहानदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४-४ रुपैयाँले घटेको हो ।