चलचित्र ‘राम नाम सत्य’ निर्माण हुँदै

काठमाडौं । निर्माता एवं निर्देशक समेत रहेका अभिनेता विराज भट्टले ८ वर्षपछि घरबाहिरको ब्यानरमा निर्माण हुने चलचित्र खेल्ने भएका छन् ।

उनले ८ बर्ष अघि ‘जय परशुराम’ चलचित्रमा अभिनय गरेका थिए। यद्यपि उनले आफ्नै ब्यानरमा निर्माण गरेको चलचित्र १२ गाउँ भने गत दसैंमा प्रदर्शन भै उल्लेख्य ब्यापार गरेको थियो। तर, घरबाहिरको फिल्ममा भने बिराज ८ बर्षपछी काम गर्दैछन्। उनले नयाँ फिल्म ‘राम नाम सत्य’मा काम गर्ने पक्का भएको छ । आफैं १२ गाउँ-२ पनि निर्माण गर्ने उनले जनाउ दिएका छन् ।

फेसबुकमार्फत आफूले फिल्म सम्झौता गरेको जानकारी बिराज आफैंले दिएका छन् । यो फिल्मको निर्देशन माइकल चन्दले गर्नेछन् । उनी म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर हुन् ।

‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । खासमा निर्देशक चन्दले फिल्ममा विराजका छोरा समीर भट्टलाई लिन चाहेका थिए । तर, ‘बलिदान’ रिलिजअघि समीरले अरु फिल्म नगर्ने भएपछि माइकलले विराजलाई नै मुख्य भूमिकामा लिएका हुन् । फिल्म एक्सनप्रधान हुने जनाइएको छ ।

‘राम नाम सत्य’का लागि अन्य कलाकार भने छनोट हुन बाकी छ।फिल्ममा विराज अनुबन्ध भएपछि माइकलले लेखेका छन्, ‘यसपटक दर्शकले एउटा भिन्न स्वादको फिल्म हेर्न पाउनुहुनेछ । ‘राम नाम सत्य’ नाम जस्तै फरक र विशेष बन्नेछ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय