होली खेलेर चलचित्र ‘पिताम्बर’ को प्रचार

काठमाडौं । चलचित्र निर्माण गरिसकेपछि प्रदर्शन अगाडी प्रचारप्रसारको मुख्य भूमिका हुन्छ। त्यसमाथि कतिपय चलचित्रको प्रचारमा कलाकार उपस्थित नै नहुनेदेखी प्रचार सामाग्री शेयर समेत नगर्ने कलाकार पनि छन् ।
सायद त्यसैले होला नेपाली चलचित्र क्षेत्र ‘पिताम्बर’ले भने निर्देशक,कलाकार र प्राविधिक समेतलाई बोलाएर होलीमा रमाइलो गरेको छ। नयाँ वर्ष २०८२ को सुरुवात मै प्रदर्शन हुने यो चलचित्रको टिम होली सहित प्रचारप्रसारमा जुटेको छ। त्यसो त यसपाली नयाँ वर्ष लक्षित धेरै चलचित्र प्रदर्शनको तयारीमा छन् । ती मध्य पनि मुख्य तीन चलचित्रहरू ‘पिताम्बर’, ‘कर्मा’ र ‘नरसिंहा: अवतार’ एक अर्कामा भिड्ने देखिन्छ।
त्यसैले होला बिहीबार चलचित्र ‘पिताम्बर’ युनिटले होलीको विशेष कार्यक्रम गर्यो भने नरसिंहाले राजेश हमाल समेतलाई होली खेलायो। ‘पिताम्बर’का कलाकारहरू प्रदीप खड्का, दिव्य देव र सुपुष्पा भट्ट तथा निर्देशक कृषा चौलागाईं र निर्माताहरुले पत्रकारहरूसँग फागु मनाएका थिए।
चलचित्र ‘पिताम्बर’मा कलाकारको जमघट ठूलो छ। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराई यसमा छन् । यी बाहेक आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) जस्ता बाल कलाकारहरूले पनि आफ्नो प्रतिभा देखाएका छन् ।

