गिरिबन्धु र भुटानी शरणार्थी धोएको फोहोरले लोकतन्त्रलाई दुषित बनायो : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा सत्ता गठबन्धनका विरुद्ध गम्भीर आरोप लगाएका छन् ।

मंगलबार संसदमा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्नमा धेरै समय खर्चिए। उनले प्रधानमन्त्री ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको समेत भन्न भ्याए।

त्यसैगरी प्रचण्डले लोकतन्त्रले ओलीकोजस्तो राजसी ठाँट स्वीकार गर्छ ? भन्दै प्रश्न समेत तेर्साए। उनले पुर्व राजा र राजावादीलाई पनि ठिक ठाउँमा बस्न र लोकतन्त्रको पक्षमा बाहेक अन्यथा नबोल्न चेतावनी दिए।

उनले सत्तारुढ पार्टीका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा ? भन्दै सबैकुरा जनताले हेरिराखेका छन् भन्ने हेक्का राख्न आग्रह गरे । उनले पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको समेत बताए ।

‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी र गिरिबन्धु धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो’, प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’

उनले सरकार हाक्ने सिटमै बिचौलिया हावी भएको आरोप लगाउदै सरकारले यो गर्दैछ भन्ने सुने पनि सरकारको दुई तिहाइको घोडा सरकार र मन्त्रीले नचलाएको र त्यो घोडा बिचौलियाले चलाएको दाबी गरे।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय