ज्योतिष भन्छन्- पूर्वराजाको यात्रा नै शुभ छैन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा-काठमाडौ यात्रालाई लिएर उत्साही राजावादीहरुको लागि चर्चित ज्योतिषीले गरेको एउटा तर्कले तरंग ल्याइदिएको छ।

कलाकार समेत रहेका ज्योतिष हरिहर अधिकारी भन्छन्-‘ज्योतिषी भएकै कारणले गर्दा मैले देखेको कुरामा यो सानो मार्गदर्शन । ज्योतिष शास्त्रको सामान्य साईत हेर्ने नियम पनि पालन गराउन नसकेको हो कि नजानेको हो? राम्रो साइतमा चन्द्रमा दायाँ परेर यात्रा गर्दा पो सोचेको काम सफल होला, हैन र?’

उनले आज फागुन २५ गते ज्ञानेन्द्र शाहा जताबाट आउने हो चन्द्रमा त्यसैको पछाडी रहेकोले शुभ नभएको तर्क गरेका छन् । उनले अगाडी भनेका छन् -‘हामी हिन्दू राष्ट्र बनाउँछौं भन्छौं, राजा ल्याएर स्थान दिनुपर्छ भन्छौं, राजाको छेउछाउमा बोल्ने ज्योतिषी र गुरुहरू थुप्रै देख्छौं। तर, आज चन्द्रमा मिथुन राशिमा छन्, अर्थात् चन्द्रमा पश्चिम दिशामा छन्, र आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन्। हामीले जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै?’

उनले पुर्व राजाका पछि लाग्ने ज्योतिषीलाई समेत साईत हेर्न नजानेको वा जानीजानी हेल्चेक्राइ गरेको भनेर पनि व्यंग्य गरेका छन् । उनले भनेका छन् ‘शास्त्र र साईत हेरेर कार्य गर्दा मात्र सफलता मिल्छ। त्यसैले सबैजनाले साइ̆त हेर्ने बानी बसालौँ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय