एमाले मोरङमा ओली पक्ष बढारियो, संस्थापन इतरको प्यानलै विजयी

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट प्यानल बढारिएको छ।
भूगोल र त्यस क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबैजसो नेताको आशिर्वाद पाएर पनि ओलीका उम्मेदवार नराम्ररी पराजित भए। चुनाव हुन नदिन ओली पक्षले ३ दिनसम्म रडाको मच्चाएपनी अन्ततः नेतृत्व चयनका लागि मतदान भएको थियो।
मतदान पछि भएको मतगणनाबाट संस्थापन इतरको समूहको नेतृत्व गरेका अजम्वर राईले अध्यक्षमा बाजि मारे। उनकै प्यानलबाट सबै पदाधिकारी निर्वाचित भए। उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा विजयी भएका छन् ।
त्यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ती लिम्बू सचिवमा रबिन थापा उम्मेद्वार थिए । उप सचिवमा शिल्पा कार्की र इर्जालाल राजवंशी उम्मेदवार थिए ।

