थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडकमा क्षति

काठमाडौं । काठमाडौंमा फेरि मेलम्ची खानेपानीको पाइप फुटेर बाढी निस्किएको छ । मंगलबार विहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुट्दा सडकमा क्षति पुग्नुका साथै वरपरका क्षेत्र डुबानमा परेको हो ।

यसअघि थापाथलीबाट नजिकै पर्ने बबरमहल क्षेत्रमा पनि मेलम्चीको पाइप फुट्दा जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसबेला विद्युत प्राधिकरणको गल्तीले पाइप फुटेको थियो । यसपटक भने कारण पत्ता लागिसकेको छैन ।

थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा पाइपलाइन फुट्दा सडकमा क्षति पुगेको छ । समयमै भल्ब बन्द गरेकाले धेरै क्षति भने हुन पाएन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...