‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’सिंखडालाई

काठमाडौ। नेपाली हास्यव्यंग्य क्षेत्रका सुप्रशिद्ध कलाकार तथा कवि शैलेन्द्र सिम्खडा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन् ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा ल्होसारमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

पूर्व प्रधानमन्त्री देउवा सहित प्रतिनिधि सभा सदस्य एवं अर्थ समिति सभापति सन्तोष चालिसे, वरिष्ठ हास्य कलाकार वसुन्धरा भुसाल लगायतले सिम्खडालाई खादा, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।

यो पुरस्कार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा वार्षिक रूपमा साम्दे शेर्पा स्मृति कोष मार्फत प्रदान गरिन्छ । वरिष्ठ कलाकार सिम्खडालाई यो पुरस्कार कला क्षेत्रमा हास्यव्यङ्ग्य मार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरूको प्रवर्द्धन, सृजनशीलता र प्रभावकारिताका लागि दिइएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय