अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधी म्यानमारलाई

नेपाली टोलिलाई पुर्व प्रधानमन्त्री भट्टराईको सहानुभूति

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल पुनः एक पटक उपविजेता मै चित्त बुझाउन बाध्य बनेको छ।

बुधबार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा म्यानमारको टोलिले नेपाललाई उपविजेतामा सिमित राख्दै आफुले उपाधी उचाल्यो। विजेता बनेको म्यानमारले २ गोल गर्दा नेपाल शून्य मै रोकियो। दुबै गोल दोस्रो हाफमा भएको हो।

फिफा वरीयतामा नेपाल भन्दा म्यानमार ४८ स्थान माथी छ। यद्यपि नेपाली टोलिको खेल असाधारण थियो। यसमा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहानुभूतिका शब्द लेख्दै भनेका छन्-‘हार र जित खेलको एउटा हिस्सा मात्र हो, तर प्रयास, समर्पण र संघर्ष नै वास्तविक जित हो। वायानेट अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा हाम्रो नेपाली टिमले देखाएको आत्मबल, मेहनत र खेलप्रतिको समर्पण प्रशंसनीय छ।’

डा.भट्टराईले अगाडि लेखेका छन् -‘हारले होइन, हिम्मतले पहिचान बनाइन्छ। यो मात्र एउटा चरण हो ,आगामी खेलहरू अझ बलियो भएर फर्किने अवसर! तपाईंहरूको संघर्ष हामी सबैका लागि प्रेरणादायी छ। नेपालका छोरीहरू, तपाईंहरूलाई सलाम!’

आजको खेलसँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ पटक फाइनलमा उपविजेता मै चित्त बुझाएको छ। सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधी भिडन्तमा नेपालले जितको स्वाद चाख्न पाएको थिएन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय