छ वटा महानगर मध्य बिरगंज सबैभन्दा कमजोर !

काठमाडौं । देशका ६ वटा महानगरपालिका मध्य कार्य सम्पादनको हिसाबले मधेस प्रदेशको बिरगंज महानगर सबैभन्दा कमजोर देखिएको छ।
भरतपुर महानगरपालिका लगातार ३ बर्षदेखि पहिलो नम्बरमा रहेको छ भने ललितपुर,पोखरा,काठमाडौं,बिराटनगर पछि बिरगंज अन्तिममा परेको छ। देशभरकै कमजोर महानगर भएको बिरगंजले जम्मा ४३.१ प्रतिशत अंक पाएको छ।
देशकै ब्यापारीक हिसाबले बिरगंज नाका मुख्य आम्दानी हुने भन्सार नाकामा पर्दछ । तर,बिरगंज महानगर भने सबैभन्दा खराब अवस्थामा रहेको देखाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्दा वीरगंज महानगर सबभन्दा कमजाेर अवस्थामा रहेको सूचकांङ्कहरूले प्रमाणित गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे सूचकहरु मध्ये पालिकाले गरेको काम कर्तव्य, खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायत समय सीमा भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे/नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकम लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।

