हिलारी स्कुलमा कराँते प्रतियोगिता सम्पन्न

काठमाडौं । हिलारी डोजो KWW र गौरिनगर IKKF को संयुक्त आयोजना तथा हिलारी इङ्लिस हाईस्कुलको संयोजनमा कराँते प्रतियोगिता सम्पन्न भएको छ।

हिलारी स्कुलको प्राङ्गणमा आयोजित एक दिवसिय “राष्ट्रीय पुरुष तथा महिला तौल समूह क्युकोशिन काइकान कराँते च्याम्पिओनसिप” मा विभिन्न तौल समुहका खेलाडी विजेता भएका थिए।

कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेस सभा सदस्य साथै लेखा समिती सभापती श्रीराम लामिछने र विशेष अतिथी कामपा-७का वडाध्यक्ष बिमल कुमार होडा, गैसला प्रहरी बृत्त प्रमुख सुकदेव खनाल र सुर्यबहादुर श्रेष्ठ, राजकुमार खड्गी, गोपाल थापा, रेणु गिरि, अमृतजङ थापा, हरिभक्त महर्जन, बिष्णु क्षेत्री, मोहन मणि आचार्य, गिता मानन्धर, भरत श्रेष्ठ, समीर जोशी रहेका थिए ।

सो अवसरमा कार्यक्रमलाइ आर्थिक साथै भौतिक सहयोग उपलब्ध गराइदिने सम्पुर्ण सहयोगी संस्था र समाजिक व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरिएको थियो।

प्रतियोगितालाई ब्यबस्थित, मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्नका लागि भुमिका निर्वाह गर्ने KWW र IKKF का प्रतिनिधि र प्रमुख निर्णायक र निर्णायकहरु प्रती आयोजक समितिले धन्यवाद दिएको थियो। प्रतियोगितामा मेडिकल सम्बन्धि सहयोग नेसनल हस्पिटलले गरेको थियो।

कार्यक्रम बारे हिलारी स्कुलका प्रधानध्यापक लाल कुमार राईले भने-,’हामीले जे गरेकाछौं, राम्रै गरेका छौं भन्ने हाम्रो बुझाइ रहेकोछ । यस किसिमको आयोजनाहरुले खेलाडीहरुमा थप उर्जा र हौसला थप्नेछ र यो काम गर्न हामी थोरै भए पनि सफल भयौं भन्ने हाम्रो ठम्याइ रहेकोछ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...