पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । पोखरामा सम्पन्न २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलअन्तरले हराउँदै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्न सफल भयो । पुलिसको भने सातौंपटक उपाधि जित्दै कीर्तिमान बनाउने सपना अधुरै रह्‍यो ।

पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो भने क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले तथा सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर फाइनल पुगेको थियो ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको थियो भने सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...