चलचित्र ‘बलिदान’ को छायाङ्कन सम्पन्न

काठमाडौं । बहुप्रतीक्षित चलचित्र ‘बलिदान’ को छायाङ्कन सम्पन्न भएको छ। मोरङको कानेपोखरी जंगलमा सेट निर्माण गरेर चलचित्रको छायांकन गरिएको थियो।
निर्देशक सन्तोष सेनले झन्डै ४ महिना लगाएर चलचित्र निर्माण गरेका हुन् । निर्माणका क्रममा थुप्रै कठिन परिस्थितिसँग जुध्दै चलचित्रको छायाङ्कन चरण पूरा गरेको निर्देशक सेनले बताएका छन् । मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा यसको अन्तिम दृश्य छायांकन संगै चलचित्रको सुटिङ सकिएको घोषणा गरियो। अन्तिम दृश्यमा नायक समीर भट्ट र कलाकार ऋचा शर्माले अभिनय गरेका थिए।
चलचित्रको अब पोस्ट-प्रोडक्सनको तयारी रहेको निर्माण पक्षको भनाइ छ।नेपाल फिल्म उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित बनेको यो फिल्मका लागि भारतीय प्राबिधिक र नयाँ प्रबिधि सहितको सामाग्री समेत ल्याइएको छ।
चलचित्र निर्माणका क्रममा ६० लाख खर्च गरेर कालिमाताको मुर्ति स्थापना गरि त्यसमा छायांकन गरिएको थियो। चलचित्रमा समीर भट्ट,सौगात मल्ल,अर्पण थापा,दिव्य देव,ऋचा शर्मा लगायत निर्देशक सन्तोष सेनको पनि बिशेश भूमिकामा अभिनय रहेको छ।
निर्देशक सेनले ‘बलिदान’लाई ‘महान चलचित्र’ बनाउने यात्रामा कुनै सम्झौता नगरेको बताएका छन् । उनले भनेका छन् -‘कथा, कलाकार, प्राविधिक र प्रविधिकपक्ष हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौँ । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै संघर्ष गर्यौं।चलचित्रलाई राम्रो बनाउज कुनै कसर बाँकी राखेनौँ ।’

