चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवन । चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५ का २८ वर्षीय आलोक महतो रहेका छन् ।
मंगलबार राति रत्ननगरको बछौलीबाट झ्वानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल १० बजेको समयमा जनकल्याण चोकमा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा परी टाउकोमा चोट लागेका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो ।
अस्पताल पुर्याएको केहीबेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

