पोखरा महानगरले २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने

पोखरा । पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते प्रदर्शनी केन्द्रमा एक औपचारिक कार्यक्रम गरी पोखरा भ्रमण वर्ष घोषणा गरिने महानगरले जनाएको छ ।

भ्रमण वर्ष वर्षअवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह गरेको छ । प्याकेजहरु माघ २८ गतेसम्म महानगरमा उपलब्ध गराउन महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

पोखरा महानगर गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको हो । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो ।

भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय