आर्यन र केकी सहित १४ जनाको पासपोर्ट दुरुपयोग गर्ने विरुद्ध मुद्दा दर्ता

काठमाडौं । नायक आर्यन सिग्देल, नायिका केकी अधिकारी र कलाकार दीपकप्रसाद आचार्य (काकु) सहित अन्य कलाकारको पासपोर्ट दुरुपयोगको मुद्दा काठमाडौ जिल्ला अदालतमा दर्ता भएको छ ।

कलाकारले दिएको किटानी जाहेरीको आधारमा सरकारी वकिलले कार्यालयले यस विषयमा आरोपी रोशन पराजुलीविरुद्ध मुद्दा दर्ता गरेको हो । गत माघ  २४ गते नै मुद्दा दर्ता भएको बुझिएको छ। यसबारे कलाकार भने बोलेका छैनन् । तर,अदालत स्रोतका अनुसार लिखत कसुरमा नै मुद्दा दर्ता भएको हो ।

कलाकारहरुले आफ्नो नाम तथा कागजात दुरुपयोग गरिएको भन्दै दुई वर्षअघि नै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । कलाकारहरूले पराजुलीलाई कलाकारको आवरणमा नर्वेमा फिल्म छायाङ्कन गर्छु भन्दै मानव तस्करी गरेको आरोप लगाएका थिए ।

चलचित्र ‘तिम्रो नजर’ छायाङ्कनका लागि केकी, आर्यन, दीपकसहित १४ जना कलाकार तथा प्राविधिकलाई नर्वे लैजाने भन्दै भारतको राजधानी नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि पराजुलीले आवेदन दिएका थिए ।तर, दूतावासले त्यैबेला शंका लागेर सोधपुछ गर्दा बल्ल कलाकारले यो बिषय थाहा पाएका थिए।

पछि केकि अधिकारी र आर्यन सिग्देलले यो बिषयमा तनाब झेल्नुपरेको थियो। उनीहरुले यसमा आफ्नो कुनै कसुर नभएको,जानकारी नभएको र कागजात दुरुपयोग भएको भनेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय