सुनकोशी गाउँपालिकाले पायो ३ सुचकमा शतप्रतिशत र समग्रमा ९०.७५ अंक

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता मुल्यांकन (LISA)मा ९० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेको छ।
सुनकोशी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले आ.व ०८०/०८१ मा पालिकाले कुल ९०.७५ प्रतिशत प्राप्त भएको जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले यो खुशी शेयर गर्दै लेखेका छन्-‘सुनकोशी गाउँपालिकाकाे सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु र सहकर्मी कर्मचारी साथीहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बधाई अनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन कार्यबिधी २०७७ मा तोकिएका १० क्षेत्रको १०० सुचकको आधारमा यस गाउँपालिकाले ९०.७५ प्रतिशत प्राप्त गरेको हो। जसमा न्यायीक कार्य सम्पादन,सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा शत प्रतिशत (१००%) नै नम्बर पाएको छ।
त्यसैगरी सहकार्य र समन्वयमा ६ मा ५.५ अंक पाएको छ। प्रशासकीय प्रबन्धमा ९ मा ८ पाएको छ भने संगठन तथा प्रशासनमा ८ मा ७ पाएको छ। बार्षिक बजेट तथा योजना ब्यबस्थापनमा ११ मा ७.५ र वित्तीय एव आर्थिक ब्यबस्थापनमा ११ मा ९.७५ र सार्वजनिक सेवा प्रवाहमा १६ मा १५ अंक प्राप्त गरेको छ। त्यस्तै भौतिक पुर्वाधार १३ मा १२ पाएको छ।
हेर्नुस् सुचि :


