दिल्लीमा अरविन्द केजरीवाल पराजित

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली प्रदेशको निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टीलाई ठूलो धक्का लागेको छ।

यहाँको मतगणना जारी रहदा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन् ।  उनको हार संगै सिङ्गो पार्टी कमजोर देखिएको छ ।

मतगणनाको पछिल्लो रुझानमा भारतीय जनता पार्टी बहुमत नजिक पुगेको छ । भाजपाले १३ सिट जितेको छ भने ३४ सिटमा अग्रता लिइरहेको छ। यहाँ ७० सिटमा सरकार बनाउन ३६ सिट भए बहुमत पुग्छ।

दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक केजरीवाललाई भाजपाका परवेश बर्माले पराजित गरेका हुन्। यसअघि सरकार चलाएको आम आदमीले ६ सीट मात्रै जितेको छ। यद्यपि अझै १८ सीटमा उसको अग्रता छ । यहाँ भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइ सहित अन्य दलले अग्रता समेत लिन सकेका छैनन् ।

दिल्लीमा धेरै पछि भाजपाको कम्ब्याक हुने देखिएपछि राजनीतिमा नयाँ मोड देखिएको छ । ७० सीटको विधान सभामा भाजपा बहुमतसहित सरकार चलाउने ठाउँमा पुगेको छ । आम आदमी पार्टीका केजरीवालपछिका मुख्य नेता मनिष सोसधिया पनि पराजित भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय