माओवादीका पुर्व शैन्य कमान्डर बादलले भने-जनयुद्ध ‘हिंसा’ हो !
कैलाली । तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धका शैन्य कमान्डर रामबहादुर थापा ‘बादल’ ले जनयुद्धलाई हिंसाको संज्ञा दिएका छन् ।
हाल एमालेका उपाध्यक्ष उपाध्यक्ष रहेका बादलले अछामका पत्रकारसँग बोल्दै तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको टिप्पणी गरेका हुन् । तत्कालीन समयमा माओवादी भित्र हेडक्वार्टाका मुख्य सदस्य मानिएका र शैन्य कमान्ड सम्हालेका बादल सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छाडेर केपी ओलीसँग एमालेमै रहेका थिए ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’
माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको उनको भनाइ थियो । उपाध्यक्ष बादलले माओवादीले फागुन १ गतेको जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको समेत टिप्पणी गरे ।‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं ’, उनले भने, ‘जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो । ’

